जलेश्वर, ३ पुस । नेपाल–भारत महिलामैत्री समाजले मटिहानी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
समाजका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत रहेकी चन्दा चौधरीले सोमबार एम्बुलेन्सको साँचो मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डललाई हस्तान्तरण गरिन् ।
नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत समाजलाई काठमाडौंस्थित भारतीय राजदूतावासले प्रदान गरेको सो एम्बुलेन्स विधिवत्रुपमा मटिहानी नगरपालिकामा सञ्चालनमा आएको हो ।
सो एम्बुलेन्स सेवाको उद्घाटन समाजकी अध्यक्ष तथा सांसद् चौधरीले गरिन् । उनले एम्बुलेन्स सेवाले जनताको स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बताएकी छन् ।
कार्यक्रममा नगरप्रमुख मण्डल, वडा नं. ८ का वडाध्यक्ष गणेश प्रसाद साह, नेपाली कांग्रेसका नेता उपेन्द्र प्रसाद चौधरी, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, पूर्वअध्यक्ष विजयकुमार साह, प्रा.हेमनारायण लाल कर्ण, चन्देश्वर प्रसाद साह, ईशवरी पौडेल लगायतका वक्ताहरुले आआफ्नो धारणा राखेका थिए ।
सो एम्बुलेन्स मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ कार्यालयको रेखदेखमा सञ्चालन हुने नेपाल–भारत महिला मैत्री समाजकी अधयक्ष चौधरीले बताइन् ।
तपाईको प्रतिक्रिया