काठमाडौं, १० माघ । मोडल सङ्स नेपालले ‘मोडल सङ्स अवार्ड, २०२०’ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गर्ने भएको छ ।
ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष इन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो अप्रिल १२ मा हुन लागेको हो ।
अवार्डका बारे जानकारी गराउन राजधानीमा पत्रकार भेटघाट आयोजना गरियो । सो कार्यक्रममा बोल्दै आयोजक संस्थाका सीईओ डेविल सिंह राजपुतले संगीत, चलचित्र, फेशन, मोडल, इभेन्टअन्तर्गत विभिन्न विधामा भोटिङका आधारमा पुरस्कृत गरिने जानकारी दिए ।
अन्तर्राष्ट्रियस्तरमा नेपाली कला, संस्कृतीको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने हेतुले अवार्ड भारतमा कार्यक्रम आयोजना गर्न लागिएको ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले बताए ।
मोडल सङ्गस नेपालले यसअघि युएईमा ‘मोडल सङ्स अवार्ड २०१८’ दुवईमा र एमएसएन एक्सीलेन्स अवार्ड, २०१९ इजिप्टको कायरोमा गरेको थियो ।
तपाईको प्रतिक्रिया