काठमाडौं, १३ माघ । भारतको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा होटलमा बास बस्ने क्रममा ८ जना भारतीयको मृत्यु भएको घटनाको छानविन गर्न माग गरेका छन् । साथै उनले पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेका छन् ।
ग्यास हिटर गुम्सिएर मृत्यु भएको अनुमान गरिएका ८ जना भारतको दक्षिणी राज्य केरलाका थिए । मुख्यमन्त्री विजयनले भारतको केन्द्र सरकारका विदेशमन्त्रीलाई एस. जयशङ्कर एक पत्र लेखेर घटनामा आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रमा मृतक बास बसेको होटेलको कोठाको उपकरणमा खराबी भएको, त्यसैले गर्दा उनीहरुको मृत्यु भएको देखिएको उल्लेख गरिएको छ ।
यस्तै विजयनले सेवा प्रदायकले लापरबाही गरेको आरोप लगाएका छन् । त्यस्तै नेपालको नियामक निकायले आफ्नो जिम्मेवारी ननिभाएकाले यो घटना भएको आरोप लगाउँदै विजयनले पीडित परिवारका लागि नेपाल सरकारसँग उचित क्षतिपूर्ति माग्नुपर्ने विजयनले जयशङ्करसँग आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया