अजय मिश्र, कपिलवस्तु, १० फागुन । निश्चित कुरा हो कि कुनै पनि भाषाको सत्ता त्यसको निरन्तर प्रयोगबाटै मात्र स्थापित हुन्छ । त्यसैले भाषासँग मानिसहरु जोडिएका हुन्छन् ।
वास्तवमा मानिस भाषा बिशेषकै अस्तित्वको निशानी बन्न जान्छ । यसै कुराको सम्झना गराउनका निमित्त संयुक्त राष्ट्र संघको यूनेस्कोले २१ फ्रेबुअरीलाई ‘अन्तराष्ट्र्रिय मातृ भाषा दिवस’ घोषित गरेको देखिन्छ । यसको पछाडि एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ । त्यसलाई जान्नु बुझ्नु पनि महत्वपूर्ण र आवश्यक छ ।
वास्तवमा आजको पाकिस्तान बन्नुभन्दा पहिला नै त्यहाँ बहस नै चलेको थियो भने त्यो देशको राष्ट्र भाषा कुन हुने (त्यस महत्वपूर्ण बहसको प्रश्नलाई वेवास्ता गर्दै पाकिस्तानका तत्कालीन प्रधानमन्त्री लियाकत अली खानले १९४८ मा ’ऊर्दू’ भाषालाई पाकिस्तानको राष्ट्र भाषा घोषित गरिदिए ।
त्यस घोषणाले तत्कालीन पूर्वी पाकिस्तान (आजको बंगलादेशमा) मा ठूलो प्रतिकृया उत्पन्न भयो र त्यहाँ ‘बंगला भाषालाई राष्ट्रिय भाषा बनाइनु पर्ने माग लिएर आन्दोलन छेडियो । त्यतिबेला ढाका विश्वविद्यालयका विद्यार्थीहरुद्वारा ’राष्ट्र भाषा संग्राम परिषद्’ नै गठन गरेर मार्च १९४९ का दिन ’बंगला राष्ट्र भाषा दिवस’ मनाउने घोषणा गरिएको थियो । त्यस घोषणाका साथ बिरोधमा सडकमा उत्रेका विद्यार्थी आन्दोलनकारीहरुमाथि लाठी चार्ज गरिनुका साथै अश्रुग्याँस पनि प्रहार गरियो । त्यसबाट त्यो भाषा आन्दोलन दबेर जानुको साट्टो झन् तीव्र भएर फैलियो । अनि त्यस आन्दोलनको तीन बर्ष बित्दानबित्दै बिद्यार्थीहरुको त्यो संघर्ष बृहत राजनीतिक संघर्षको रुपमा विकसित भयो ।
आजको ऐतिहासिक दिन लाईमध्यनजर गर्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फिया झन्डानगरको सभा हालमा अन्तराष्ट्रिय मातृभाषा दिवस राष्ट्रिय मदरसा संघ नेपालको आयोजनामा भव्य तरिकाले मनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह र विशिष्ठ अतिथीमा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील कुमार शाही, समाजवादी पार्टी प्रदेश नं. ५ को प्रवक्ता अकरम पठान उपनगरप्रमुखका सल्लाहकार तुफेल अहमद खां अतिथीमा ३ नं वडाध्यक्ष सगीर अहमद खा, २ नं वडाध्यक्ष संजय कुमार गुप्ता लगायत विभिन्न संघ संस्थाका प्रमुख भद्रभलादमी मौलान ,पत्रकार र शिक्षा प्रेमीहरुको उपस्थिती रह्यो ।
तपाईको प्रतिक्रिया