बाँके, ९ बैशाख । नरैनापुर गाउँपालिका–४ खोदवा बस्ने ६० वर्षीय फेरन यादव सोही ठाउँस्थित राप्ती नदीमा सोमबार बिहानमृत अवस्थामा फेला परेका छन् ।
आइतबार भैसी चराउन गएका उनी घरमा फर्की नआएकालेखोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका–२ बागेश्वरीमन्दिरको पार्कमा हाल नाम, थर,वतन नखुलेका करिब ४६ वर्षीय पुरुषको शव सोमबार बिहान फेला परेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया