काठमाडौं, २४ फागुन । मिथिला कलामा सक्रिय महिला कलाकारको हस्तकलाको विकास गर्न जापान सरकारले सहयोग गर्ने भएको छ ।
नेपालका लागि जापानी राजदूत मासामिची साइगो र मिथिला आर्ट सेन्टर, जनकपुर, धनुषाकी प्रमुख सुनिना कर्णबीच सम्झौता भएको हो ।
जापान सरकारको ग्रान्ड एसिसटेन्ट फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्टस् (जीजीपी) अन्तर्गत जनकपुर वुमन्स डेभलपमेन्ट सेन्टरको पुननिर्माण गर्न ७३ लाख रुपैयाँ प्रदान गरिएको छ ।
‘यो प्राजक्टमार्फत केन्द्रको पुनर्निमाणमा सहयोग गर्दै महिलाहरुले दैनिक रुपमा कोर्दै आएको मिथिला कलाको प्रवद्र्धन गरिनेछ’, दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन् १९९१ मा स्थापना भएको जनकपुर वुमन्स डेपलपमेन्ट सेन्टरले दलित महिला र सीमान्तकृत समूहलाई आयआर्जन दिन सिर्जनात्मक काम गर्दै आएको छ ।
मिथिला कला पछिल्लो दशकमा पश्चिम मुलुकमा रुचाइने कलामा पर्दछ । सन् २०१८ मा मिथिल कालाकार मन्जुला ठाकुरले अमेरिकाको सान्टाफिमा लोककला प्रदर्शनमा आफूले बनाएका मिथिला कलाको प्रदर्शन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया