सप्तरी, २२ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिका–१४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको कुटपिटबाट शनिबार राति मृत्यु भएको छ ।
उनकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल रामपुर मल्हनियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट गर्ने देव कुमार रामको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया