कपिलवस्तु, २९ चैत । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ३ जामिया सिराजुलवलुम अलसल्फीया मदरसाको वार्षिकोत्सव सम्पन्न भएको छ ।
राष्ट्रगान र मुस्लिम समुदायको पवित्र पुस्तक कुरान शरिफको पाठ पढी कार्यक्रमको शुरुवात गगरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का सामाजिक बिकासमन्त्री सुदर्शन बराल, अतिथि एहसान अहमद खां, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, चिरञ्जीवी पौडेल रहेका थिए ।
मन्त्री सुदर्शन बरालले आफ्नो मन्तब्य राख्ने क्रममा मदरसा शिक्षालाई मूल प्रवाहिकरणमा ल्याउन आफू प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
मुस्लिम समुदायले सबै धर्मप्रति समान व्यवहार राखेको आफ्नो भाषा संस्कृति अनुरुप पढन पाउनु पर्ने मुस्लिम मदरसालाई अहिलेसम्म जोगाइराखेका मुस्लिम अगुवा चन्दादातालाई धन्यवाद समेत दिए ।
सांंस्कृतिक बिकासमा समेत मुस्लिम समुदायको भूमिका अपरिहार्य रहेको कुरा बताए । उक्त कार्यक्रममा उक्त मदरसाका अध्यक्ष मौलाना समीम अहमद नदवी, प्र.अ.मौलाना खुर्शीद शैख सल्फी, अब्दुल रशिद मदनी, प्रवेज मदनी, समशुद्दीन रियाजी, मौलाना जैस मोहम्मद मक्की, ईलाका प्रहरी कार्यलय कृष्णनगर प्रहरी निरीक्षक सूर्य बहादूर बोगटी, सशस्त्र प्रहरी बल कृष्णनगरका डिएसपी मनोज धिताल लगायत समाजसेवी शिक्षाप्रेमी, विद्यार्थी, पत्रकार सुरक्षाक्रमी लगायत अन्यहरुको उपस्थिति रहेको राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहूद खां नेपालीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया