नवलपुर, २९ माघ । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित आस्थाको मेला मदार बाबा मेला भोली बिहबीारदेखि सुरु हुने भएको छ ।
मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ ।
यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०३औँ मेला हो । मेलामा भक्तजनहरूलाई सरल, सुलभ र भव्य बनाउनका लागि मेलामा करिब एक सय सुरक्षाकर्मी परिचालन गरिने साथै करिब ५० जना स्वयंसेवक, तीन ठाउँमा स्वास्थ्य शिविर, सार्वजनिक शौचालय, नयाँ बाटो निर्माणलगायत आउने भक्तजनहरूलाई विभिन्न किसिमको ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष जमालुद्दिन अन्सारीले बताए ।
महलवारी बजारदेखि बाबाको मुख्य मजारसम्म पुग्नका लागी करिब ९ किलोमिटर डाँडा पहाडमा अवस्थित रहेको हुँदा पैदल यात्रा गरी बाबाको मुख्यस्थलसम्म पुग्ने गर्दछन् ।
मेलामा मुस्लिम र हिन्दू धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहने गर्दछ । बाबाको मजारसम्म पुगेपछि घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत रहेको छ ।
मेलामा नेपाल लगायत भारतको विभिन्न ठाँउहरूबाट करिब १२ लाखभन्दा बढी भक्तजनहरू आउने मदार बाबा मजार संरक्षण संस्थाले जनाएको छ । यो मेला फाल्गुन १ गतेदेखि ७ गते सम्म संचालन रहने जनाइएको छ ।
तपाईको प्रतिक्रिया