निर्वाचनको नतिजा नआउँदै मोदीलाई बधाई 

समाचार

5/20/2019

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ । यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सबाट प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ ।

यो सन्देश मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशिदले दिएका हुन् । बधाई दिने क्रममा उनले मालदिभ्स र एनडिए सरकारबीचको निकट नाताको पनि चर्चा गरेका छन् ।

आइतवार आएको एग्जिट पोलमा एनडिएलाई बहुमत मिलेको देखाइएको छ । यसैका आधारमा नशिदले ट्वीट गर्दै भनेका छन्, ’चुनाव सकिएलगत्तै नरेन्द्र मोदी र भाजपालाई बधाई दिन चाहन्छु । मालदिभ्‍‍सबासी र यहाँको सरकार तथा मोदी र एनडिए सरकारबीच अझै नजिकको सम्बन्ध स्थापित हुने विश्वास लिएको छु ।’

भारतमा लोकसभा चुनावमा यस पटक ७ चरणमा मतदान भएको थियो । जम्मा ५४२ सिटका लागि मतदान भएको हो । चुनाव परिणाम २३ मेमा घोषणा हुँदेछ । सर्भे अनुसार चुनावी नतिजामा एनडिएलाई ५३३ मा २७५ सिट मिल्ने देखिएको छ । युपिएलाई १३५ सिट मिल्ने अनुमान गरिएको छ । अन्य पार्टीको पोल्टामा १२७ सिट जाने देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ