मोदीले भने–यस वर्ष पक्का आउनेछु

समाचार

1/21/2020

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

विराटनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गर्दै उनले मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु यस वर्ष उपयुक्त समय मिलाएर नेपाल भ्रमणमा आउने जनाए । नेपालका नागरिकको मायाले त्यहाँ आउनको लागि आफूलाई प्रेरित गरेको समेत मोदीले बताए ।

मोदीले नेपालीहरुलाई शुभकामना दिँदै फेरि भेट होला भन्दै नमस्कार पनि गरे । मोदीले विकासका मोडल नेपाल र भारत मित्रता र तीव्र विकासका नमुना भएको बताए ।

छिमेक पहिलो आफ्नो सरकारको प्राथमिकता भएको बताउँदै उनले क्रस वोर्डर कनेक्टिभिटीलाई बढाउनु यसको काम भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ