वीरगंज, २१ चैत । बाराका हावाहुरीबाट प्रभावित क्षेत्रहरुका पीडितहरुलाई मधेशी एसोसिएसन इन अमेरिका (मा) ले राहत वितरण गरेको छ ।
बाराको भलुवही, भरवलिया, पुरैनिया,गम्हरीया, रमपुरर्वा, खटुवालगयातको प्रभावित क्षेत्रमा माको टोलीले सोमबारदेखि बुधबार रातिसम्म राहत तथा खाद्यान्न सामग्री वितरण गरेको हो ।
भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक एवं युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा गएको टोलिले सोमबार देखि लगातार बाराका विभिन्न प्रभावित क्षेत्रहरुमा पुगेर घरदैलो गर्दै लगभग ११ सय परिवारलाई राहत तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
भिजिट मधेस नेपालले माद्वारा संचालित राहत वितरणमा स्वयंसेवकको रुपमा सहयोग गरिरहेको छ ।
तपाईको प्रतिक्रिया