काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् ।
नेपाल र भारतबीच पछिल्लो समय सरकार–सरकारबीच र जनतस्तरमा पनि सुमधुर सम्बन्ध रहेको उनको भनाई छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको पनि जानकारी दिए ।
उनले भने,‘उहाँ कहिले नेपाल आउनुहुन्छ भनेर म मिति त भन्न सक्दिन् । तर, निकट भविष्यमा उहाँको नेपाल भ्रमण हुन्छ । त्यसको तयारीमा हाम्रो सरकार जुटिसकेको छ ।’
एमसीसी संसदबाट यसै हप्ता पारित हुने पनि उनले दाबी गरे । एक निजी टेलिभिजनमा बोल्दै डा. भट्टराईले विवादित एमसीसी पारित हुने बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलको प्रतिवेदन जस्तो आएपनि पारित हुने भट्टराईको दावी छ ।
तपाईको प्रतिक्रिया