बाँके, १३ फागुन । नेपालगन्ज उपमहानगरपालिकाको चोकमा आकाशेपुल निर्माण हुने भएको छ । अति व्यस्त धम्बोझी चोकमा पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
आकाशेपुल निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको उपमहानगरपालिकाका इन्जिनियर निवेश शर्माले जानकारी दिए । भ्याटबाहेक एक करोड ५८ लाख रुपियाँको लागतमा आकाशे पुल निर्माण गर्न लागिएको हो । आकाशेपुल निर्माणको जिज्मा रोयल सरस्वती कालिका देउरुपा जोभीले पाएको छ ।
यही असार मसान्तभित्र निर्माण गर्न ठेक्का सम्झौता भएको छ । नेपालगन्ज पुरानो र जनघनत्व बढी भएको सहर भएपनि अहिले पहिलो पटक आकोशे पुन निर्माण हुन लागेको हो । आर्थिक नगरी नेपालगन्जमा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले निर्माण गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया