सीमा समस्या वार्ताका माध्यमबाट समाधान हुने मन्त्री ज्ञवालीको विश्वास

समाचार

2/13/2020

काठमाडौँ, २ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग सीमा समस्या वार्ताका माध्यमबाट समाधान हुने विश्वास गरेका छन् ।

“नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, एक दैनिक पत्रिकासँग कुराकानीका क्रममा मन्त्री ज्ञवालीले भने, “तर यो आज उत्पन्न समस्या हैन । हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो ।”

“मेरो विश्वास छ, कूटनीतिक माध्यमबाट इतिहासका यी मुद्दाहरूलाई सल्ट्याउँदै अगाडि बढ्न सकिन्छ । अगाडि बढ्नुको विकल्प छैन”, उने भने । उनले नेपाल र भारतबीच असल सम्बन्धबाहेक अर्को कुनै विकल्प नरहेकाले भारतले सीमा समस्याको यथार्थ स्वीकार गर्दै वार्ताबाटै समाधान गर्न तत्पर रहेको जवाफ दिएको जानकारी दिए । 

सीमाको विषयमा विवाद गर्नु नेपालको कुनै अतिरञ्जित चाहना नरहेको उनले प्रस्ट्याउनुभयो । यसमा नेपालको कुनै स्वार्थ नरहेको भन्दै नेपालले सुगौली सन्धी यताको नेपालको पश्चिमी सीमालाई सुरक्षित गर्न खोजेको प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ