मध्यरातमा चौधरीको हत्या

समाचार

12/12/2018

महोत्तरी, २६ मंसिर । महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ ।

चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ