माधव नारायणमा छात्रवृत्ति वितरण

समाचार

1/23/2020

रौतहट, ९ माघ । माधव नारायण नगरपालिका वडा २ खेसरहीयास्थित शहीद सुरेश प्रावीमा बिहीबार एक समारोहको बिच बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट जनही तीन सय १२ रुपैयाँ छात्रबृती रकम भएपनि अपुग रकम विद्यालय कोषले तिर्नेगरी प्रत्येक विद्यार्थीलाई पाँच सय रुपैयाँ पर्ने ट्रेकसुट वितरण गरिएको हो ।

लगातारको शीतलहरले बढ्दो जाडोबाट छल्न विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार एक सय ६० जना विद्यार्थीलाई ट्रेकसुट वितरण गरीएको प्रधानाध्यापक रिता देवीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ