वीरगञ्ज, १७ चैत । मधेशमा भीषण हावाहुरी जाँदा ठूलो धनजनको क्षति भएको छ ।
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ठूलो धनजनको क्षति भएको हो ।
भीषण हावाहुरीमा परीमा बारामा मात्र २५ भन्दा जनाको मृत्यु भएको जनाइएको छ ।
मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
यसैगरी, पर्सामा पनि ठूलो धनजनको क्षति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ट्वीट गर्दै अहिलेसम्म २५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४०० बढी घाइते भएको पुष्टि भएको जानकारी दिएका छन् । साथै उद्दारमा जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।
हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण बिद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।
तपाईको प्रतिक्रिया