मधेशी एशोसिएसनद्वारा सर्लाहीका विद्यार्थीहरुलाई स्कूल झोला वितरण

समाचार

4/22/2019

काठमाडौं, ९ बैशाख । मधेशी एशोसिएशन इन अमेरिका (मा)ले सर्लाहीको कविलासी पपरियाका विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरेको छ ।

माले करिब १६७ जना विद्यार्थीलाई श्री विद्या जगत स्कूलमा आयोजित एक कार्यक्रममा झोला वितरण गरेको हो ।

त्यस अवसरमा स्कूलका प्रधानाध्यापक गोविन्द राय, वार्ड नं. १ र २ का अध्यक्षहरु क्रमशः दिपल यादव र खेहरु ठाकुरसहितको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ