मधेशी पत्रकार समाजको पदस्थापना कार्यक्रम सम्पन्न

समाचार

12/9/2018

राजविराज, २२ मंसिर । पत्रकार हुनका लागि पत्रकार पेशा लाई जिवनत राख्न पत्रकारिता पेशालाई निरन्तरता दिनु पर्नेमा संचारकर्मी हरूले जोड दिएका छन् ।

शनिवार मधेशी पत्रकार समाजको शपद ग्रहण तथा पदस्थापन कार्यक्रममा सो कुरा बताईएको हो । सो अवसरमा प्रमुख अतिथि नेपाल पत्रकार महासँघ सप्तरीका पुर्व अध्यक्ष तथा सल्लाहाकार धिरेन्द्र प्रसाद साह ले मधेशी पत्रकार समाजले पत्रकारिता पेशालाई मर्या्दित तथा पत्रकारितालाई ब्यवसायमुखी बनाउन मधेश मेडिया स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने पत्रकारिता पेशालाई थप मर्या्दित बनाई मधेशी पत्रकारहरू लाई एक ठिक्का बनाई अधिकारको आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

शनिवार राजबिराजमा समाज ले एक कार्यक्रम गरी सर्वसम्मतिवाट चयन भएको नयाँ कार्यसमितिको पदस्थापन गरेको छ । गत जेष्ठ २६ गते मधेशी पत्रकार समाजको तेस्रो अधिवेशनवाट अध्यक्षमा रामअधिन साह, उपाध्यक्षमा चन्दनकुमार यादब, सचिव शैलेश कुमार कर्ण, कोषाध्यक्षमा जिवछ दास रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ