मिनिट्रकको ठक्करबाट बालकको मृत्यु

समाचार

4/9/2019

कैलाली, २६ चैत । मिनिट्रकको ठक्करबाट लम्कीचुहा नगरपालिका–१ पूर्व लम्की बस्ने हरि बिष्टको ५ वर्षीय छोरा जनत बिष्टको मृत्यु भएको छ ।

उनलाई बाँके खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय ज्ञानबहादुर खत्रीले चलाएको बा.१९ च ४२८५ नम्बरको मिनिट्रकले सोमबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकाले टिकापुर अस्पताल पठाएकोमा उपचारको क्रममा जनतको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ