धनगढी, १० पुस । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत तथा नापी कार्यालयको निरीक्षण गरेकी छन् ।
मन्त्री अर्यालले सरकारले जग्गाको कित्ताकाट गर्न रोक लगाएकाले कित्ताकाटको अनुपात हेर्न आफूले कार्यालयहरूको निरीक्षण गरेको बताइन् ।
भूउपयोग नीति बनाउने तयारी गरिरहेको सरकारले जग्गाको खण्डीकरण रोक्न कित्ताकाटमा रोक लगाएको छ । तर अंशबण्डा र बसकपत्रका हकमा भने कित्ताकाट गर्न पाइने व्यवस्था छ ।
मन्त्रीको निर्देशनपछि नापी कार्यालयका प्रमुख दयानन्द जोशीले जनशक्ति पर्याप्त रहे पनि भौतिक संरचना कम भएकोले भवन निर्माणमा पहल गरिदिन माग गरे ।
तपाईको प्रतिक्रिया