मन्त्री नेम्बाङद्वारा कलङ्की–नागढुंगा सडकको अनुगमन

समाचार

12/28/2019

काठमाडौं १३ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले कलङ्की नागढूंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् ।

मन्त्री भएलगतै उपत्यकाको सडकमा रहेका खाल्टाखुल्टी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् ।

नागढुंगा सडक खण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी आवतजावतमा असहज हुनका साथै जाम हुने समस्यालाई मध्यनजर गर्दै अनुगमन निस्किएका हुन् । अनुगमनमा काठमाडौं क्षेत्र नं. ९ का सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलिया समेत सहभागी थिए ।

स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले काठमाडौं सडक डिभिजन कार्यलयका इन्जिनियहरु र सडक विस्तार आयोजनाका प्रमुखलाई त्यस क्षेत्रमा रहेका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिए ।

मन्त्री नेम्बाङको सक्रियतामा चाबहिल गौशला सडक खण्ड बाहेक चक्रपथ भित्रका अधिकांश खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको छ ।

चावहिल गौशला सडकखण्ड मर्मत भन्दा पनि पुरै निर्माण गर्नुपर्ने भएकाले त्यसका लागि पनि ठेक्का सम्झौता भइसकेका छन् । छ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ