मन्त्री महासेठद्वारा पुल उद्घाटन

समाचार

2/7/2019

जनकपुरधाम, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रातु पुल उद्घाटन गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गको महोत्तरी र धनुषाको सीमा नदी रातुमा कूल २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माणको काम सकिएर साउनदेखि नै प्रयोगमा आइसकेको थियो । पूर्व–पश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल ‘लाइफलाइन’कै रूपमा रहेको छ ।

पूर्व–पश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खम्बा भासिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया बढाएको थियो । पुल रु २४ करोड ६० लाख बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो । कूल ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ