सिक्किमका मन्त्री संखुवासभामा

समाचार

5/5/2019

काठमाडौं, २२ वैशाख । भारतको सिक्किम राज्यका सडक, पुल तथा संस्कृति धरोहर मन्त्री गर्जमान गुरुङ संखुवासभा आएका छन् । पारिवारिक तथा व्‍यक्तिगत भेटघाटको सिलसिलामा मन्त्री गुरुङ संखुवासभा आएका हुन् ।

पहिलोपटक संखुवासभा भ्रमणमा आएका मन्त्री गुरुङलाई खाँदबारी नगरपालिकाले औपचारिक कार्यक्रम गरेर स्वागत तथा सम्मान गरेको छ । मन्त्री गुरुङ स्वर्गीय गायक खेमराज गुरुङको ‘वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको चर्चित गीतले प्रभावित पारेकाले संखुवासभा आएको बताए ।

स्व. खेमराज गुरुङका गीत र योजनासमेत सम्झँदै मन्त्री गुरुङले स्व. खेमराज गुरुङ ट्रष्टलाई १ लाख भारतीय रुपैयाँ पनि प्रदान गरेको थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ