मन्दिरको सामानहरु चोरी गरेको अभियोगमा पक्राउ

समाचार

2/9/2020

मोरङ, २६ माघ । रंगेली नगरपालिका–७ स्थित संसारी माईस्थान मन्दिरबाट बुधबार विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिका–३ बस्ने भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको जानकारी प्राप्त हुनासाथ मन्दिरमा जडान गरेको सिसी क्यामेराको फुटेज तथा अन्य प्रविधि प्रयोग गरी चोरी गर्ने मानिसहरुको प्रहरीले खोजी गर्ने क्रममा घटनामा प्रयोग भएको ज.१२ प ५४६८ नम्वरको मोटरसाइकल पराजुलीको घर आँगनमा पार्किङ गरी राखेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा चोरी भएको सामानमध्ये संसारीमाताको मूर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट १ थान, चाँदीको जस्तो देखिने सिक्री ३ वटा, छत्र १ थान, त्रिशुल १, पित्तलको गणेश, छोटीमाताको पुरानो मूर्ति २ थान, पित्तल र फलामको त्रिशुल २ थान लगायतको सामान र घटनामा प्रयोग भएको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ