सिरहा, १७ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा साझा आवाज परियोजनमाार्फत आयोजित तीनदिने मानवअधिकार तथा अविभेद सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सखुवानन्कारकट्टी गाउँपालिकाका २५ जनालाई मानवअधिकार, संविधानमा भएको ब्यबस्था, सूचना र समानताको हकसहितका विषय अभिमुखिकरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला परियोजना संयोजक जयराम विश्वकर्माले बताए ।
तालिमको समापन अवसरमा वडा नम्बर ५ महेशवारीका वडाअध्यक्ष बैधनाथ यादव, इलाका प्रहरी कार्यालयका असई रमेश झा, मानवअधिकार पैरवी संजालका संयोजक सत्यनारायण साह तथा संघका अध्यक्ष मोहन पासवानले तालिमका सिकाइएका कुराहरु गाउँमा जातिय विभेद मुक्तिका लागि प्रयोग गर्न आग्रह गरे ।
तालिममा टिकाराम विश्वकर्मा, प्रमोद सदा, राकेशप्रसाद चौधरीसहितका ब्यक्तिहरुले मानवअधिकार, सुचना एवं समानताको हकबारे अभिमुखिकरण गरेका थिए ।
साझा आवाज परियोजना युरोपियन युनियनको सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, मिडिया एड्भोकेसी गु्रप तथा एफसीएले संयुक्त रुपमा संचालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया