जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन

समाचार

2/6/2020

काठमाडौं, २३ माघ । ‘समुदाय मनोविज्ञान’को अवस्था र चुनौतीको विषयमा छलफल गर्न भारतको जयपुरमा ‘समुदाय मनोविज्ञान’ सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा शुरु भएको छ ।

सम्मेलनमा सहभागी नेपालसहित विभिन्न देशका विज्ञ तथा मनोविद्ले समेत समाजमा मानसिक स्वास्थ्य कमजोर हुँदै गएको निष्कर्ष निकालेका छन् ।

भारतीय समुदाय मनोविज्ञान सङ्घ, सेन्ट बेलफ्रिड क्याम्पस र संस्कृति क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा नेपालसहित, भारत, श्रीलङ्का, इथियोपिया, जापान, अमेरिकालगायत देशका विज्ञको सहभागिता छ ।

नेपालका मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना सम्मेलनमा दक्षिण एशियामा आत्महत्या रोकथामका लागि समुदाय र सांस्कृतिक मनोविज्ञानको भूमिकाको विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ