मानव अधिकार विषयक अभिमुखिकरण सम्पन्न

समाचार

7/2/2019

बाँके, १७ असार । बाँकेको डुडुवा गााउपालिकामा एक दिने मानव अधिकार अनुगमन र दस्ताबेजीरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना र डुडुवा गाँउापालिकाको आर्थिक सहयोगमा श्रीपशु पति माध्यमिक विद्यालय बेतहानीमा भएको अभिमुखीकरण कार्यक्रममा सहभागि विद्यार्थीहरुले मानव अधिकारको पूर्ण जानकारी नभएकोले विद्यालयमा समेत मानव अधिकारको उल्लघन हुने गरेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजका प्रमुख एंव उप निर्देशक चन्द्रकान्त चापागाईले सँबिधानमा अधिकार र कर्तब्यका बिषय समेटीए पनी कार्यान्यको पाटो फितलो हुँदा अधिकार र कर्तब्य सँगै सँबिधानको पुर्ण ब्यबहारीकता हुन नसकेको बताए ।

उनले सँबिधान देशको मुल कानुन भएपनी राजनितीको आड, अधिकार सँगै कर्तब्य निर्वाह हुन नसक्नु, कानुनको राज्यपक्षबाट पुर्ण पालन हुन नसक्नु जस्ता कारण जनताले पुर्ण रुपमा लोकतन्त्रको आभास गर्ने अबस्था अझै भईनसकेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ