बाँके, ९ असार । मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) को आयोजना र नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा भएको मानव अधिकार अनुगमन,दस्ताबेजीकरण र प्रतिबेदन लेखन विषयक तालिम सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तीयक अहमद शाहले शिक्षा बिना नरैनापुरको बिकास सम्भाव नरहेकोले आ–आफनो बालबालिकाहरुलाई बिद्यालय पढनका लागि पठाउन आग्रह गर्दै आर्थिक अभाव भए गाँउपालिका सहयोग गर्न तयार रहेको बताएका छन् ।
अध्यक्ष शाहले मानव अधिकार उल्लघनका घटनालाई न्युनिकरण गर्नका लागि हुरीपपले आयोजना गरेको तालिम प्रभावकारी रहेको र भविष्यमा यो भन्दा ठूलो तालिमको आयोजना गर्न हुरीपपलाई सहयोग गर्ने प्रतिबद्धता गरे ।
तपाईको प्रतिक्रिया