सुनसरी, १ पुस । मानव वेचविखन तथा ओसारपसार गर्ने मुख्य व्यक्ति सुनसरी धरान नगरपालिका–१७ का ३१ वर्षीय चोङहाङ राई भन्ने सन्तोष राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त राईले राम्रो काम लगाईदिन्छु भनि प्रलोभन देखाई नेपाली बालिकालाई भारतको नयांदिल्लीस्थित जिबि रोडको बेश्यालयमा पुर्याई नेपाली ६ लाख रुपैंयाँसम्ममा वेचबिखन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएपछि केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई सुनसरी धरान नगरपालिका–१७ धनकुटे रोडबाट पक्राउ गरेको हो ।
राईलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय धरान सुनसरीमा बुझाइएको सो व्युरोले जनाएको छ ।
तपाईको प्रतिक्रिया