वीरगन्ज, ७ चैत । मानव सेवा आश्रम वीरगञ्जलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आश्रममा रहेका असहाय तथा दीनदुःखीका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् । आश्रमले बुधबार वीरगञ्जमा आयोजना गरेको होलीको समारोहमा आश्रमका संरक्षक डा दीपक शाक्यलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया