म्याजिक भ्यानको ठक्करबाट एकको मृत्यु

समाचार

4/28/2019

बाँके, १५ बैशाख । बैजनाथ गाउँपालिका–५ स्थित सडकमा भे.१ ज १०९८ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही गाउँपालिका–६ बस्ने ६२ वर्षीय भिमबहादुर भण्डारीको आइतबार दिउसो मृत्यु भएको छ ।

भे.५ प १३७४ नम्बरको मोटरसाइकलले साइकललाई बचाउनको लागि अचानक ब्रेक लगाउदा मोटरसाइकलमा सवार भण्डारी मोटरसाइकलबाट खस्न गई भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएपछि मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुवै सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ