कपिलवस्तु, ३ चैत । कपिलवस्तुको मायादेवी गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ चैत्र २ र ३ गतेसम्म चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिएका छन् ।
शनिवार र आइतवार बसेको गाउँ सभाले चालु आर्थिक वर्ष २०७५।६७ को योजना संसोधन तथा अनुमोदन सम्बन्धी विषयमा छलफल गरिएको थियो ।
वडागत रुपमा दोस्रो गाउँ सभाले स्वीकृत गरेका तर विभिन्न कारणले गर्दा कार्यान्वयन गर्न ढिलाई भएका निर्णयहरुमाथि छलफल गरिएको थियो ।
सभामा उपस्थित वडा अध्यक्ष, वडा सदस्यहरुको प्रश्नको जवाफ मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले दिनुभएको थियो ।
सभामा गाउँपालिकाका आठै वटाका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको विकास बजेट संशोधन योजना प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया