मायादेवीमा ‘एक घर, पाँच योग र सात जडीबुटी अभियान’

समाचार

6/14/2019

कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा “मायादेवी गाउँपालिका आयुर्वेद शाखाको अभियान एक घर पाँच योग सात जडीबुटी कार्यक्रम” को सुरुवात गरेको छ ।

पहिलो चरणमा गाउँपालिकाको सम्पूर्ण निर्वाचित पदाधिकारी तथा कर्मचारीहरुलाई आआफ्नो घरमा जडीबुटी लगाउन तथा प्रयोग गर्नको लागि अभिमुखिकरण गरि ७ वटा जडीबुटीको विरुवा वितरण गरेको छ ।

हाल विश्वमा नसर्ने रोगको प्रकोप अत्याधिक बढिरहेको बेला मायादेवी गाउँपालिकामा अभियानको महत्वका साथ स्वस्थ्य जीवन शैली यापन गर्न आमसमुदायमा पुर्याउने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयुर्वेद औषधालय पकडीको प्रमुख रेखा शुक्लाले जानकारी दिइन् ।

नसर्ने रोगको न्यूनिकरण, पर्यावरण शुद्ध गर्न, लोपोन्मुख जडीबुटी संरक्षण गर्न , सामान्य समस्यामा घरमा नै प्राथमिक उपचार गर्न, आयुर्वेद सेवा घर घरमा पुर्याउने उद्देश्यका साथ कार्यक्रमलाई अगडी बढाईएको औषधालय प्रमुख शुक्लाले बताइन् ।

अभियानलाई सफल पर्नको लागि महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई योग तथा जडीबुटी सम्बन्धि जानकारी गराई परिचालन तथा सबैको घरमा जडीबुटीको विरुवा रोप्ना तथा प्रयोग गर्न सिकाएर अभियानलाई सफल बनाउन लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ