कपिलवस्तु, १० असार । मायादेवी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै मायादेवी गाउँपालिका वडा नं. ७ बनकासिहामा पानी संरक्षणको लागि पोखरी मर्मत कार्य गरि शुभारम्भ गरिएकको छ ।
गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी र वडा अध्यक्ष जनार्दन प्रसाद कुर्मीले पोखरीमा कोदालोले खनेर शुभारम्भ गरेका हुन ।
स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ४ सय जनाले एक महिनाको अवधिसम्म काम गर्न पाउनेछन् ।
प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका प्रशासकिय अधिकृत रामचन्द्र ढकालले बताउनुभयो । युवाहरुले मायादेवी गाउँपालिकाको मन्दिर परिषर, मैदान, कुलो, नाली, पोखरी क्षेत्रमा रही काम गर्ने छन् ।
तपाईको प्रतिक्रिया