मायादेवी गाउँपालिका खुला दिसामुक्त घोषणा

समाचार

4/6/2019

कपिलवस्तु, २२ चैत । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

गाउँपालिकाका सम्पुर्ण ६ हजार ८ सय ४ घरधुरीमा शौचालय निर्माण भएसँगै गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

गाउँपालिकाको आयोजनामा वडा नम्बर १ पकडीमा आयोजित घोषणासभामा गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले खुला दिसामुक्त घोषणा गर्दै गाउँपालिकाबासीलाई शपथ समेत खुवाएका थिए ।

सो अवसरमा अध्यक्ष कुर्मीले वडा नमबर १ सँगै गाउँपालिकालाई नै खुला दिसा मुक्त घोषणा गरिएसँगै शौचालय प्रयोगको निरन्तरता अनुगमन, पुर्ण सरसफाइृका कार्यक्रम सञ्चालन, सुरक्षित खानेपानीको पहुच अभिबृद्धि र बालमैत्री स्थानिय शासन युक्त गाँउपालिका बनाउने आफुहरुको आगामी योजना रहेको प्रष्ट पारे ।

त्यस अघि वडा नम्बर १ का १ हजार ६५ घरधुरीमा शौचालय बनेको तथ्याङ्क पेश गरि वडा अध्यक्ष हरिगोबिन्द चौधरीले वडालाई खुला दिसा मुक्त घोषणा गरेका थिए । कार्यक्रमको शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईले साबुनपानीले हात धोएर उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री राईले घोषणा अभियानले सरसफाई र स्वच्छता अभिबृद्धिमा सहयोग पुर्याएको बताए ।

उनले कपिलवस्तु, रुपन्देही र नवलपरासीका सबै बुद्धस्थलमा १ घण्टामै पुग्न सक्ने गरि १ सय २५ अर्बको लगानीको बुद्ध सर्किट निर्माणको योजना अघि बढेको बताए ।

उनले थपे मायामदेवी गाउँपालिकालाई हुलाकी सडक शहरको लागि मायादेवीमा १० बर्षमा १० अर्बको लगानी हुने प्रस्ताव पनि गरिसकेको समेत बताएका छन् ।

कपिलवस्तुको विकासको लागि शहरी विकास मन्त्रालय आप्ःनो गृह जिल्ला भन्दा कपिलवस्तुमा विकासमा पछि पर्न नदिने समेत भने ।

हामी सरकारमा गएर आप्ःनो मुद्धा बिर्सेका छैनौ । अहिले देख्नेहो भने नागरिकताको विषयमा सम्बोधन भएको छ । यस भन्द पहिला पनि विभिन्न आफु मधेशको मसिह भन्ने पार्टीले के गरेका छन । हेरौँ उहाँले भन्नु भयो ।

जिल्लालाई खुला दिसा मुक्त बनाउने अभियानलाई सफल पार्न घोषणा अभियान सहयोगी हुने संघिय साँसद अतहर कमालले बताए । मायादेवी गाँउपालिकाको सर्वाङ्गीण बिकासको लागी आफु प्रतिबद्ध रहेको जनाउदै संघ र प्रदेश सरकारको बजेटमा गाँउपालिका प्राथमिकतामा रहने प्रदेशसभा सदस्य सहसराम यादवले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य शुष्मा यादवले यहाँको समग्र विकासको लागि हामी ३ जनै प्रदेश सदस्यहरु मिलेर योजना राखेको समेत बताइन् ।

उनले भनिन् हामी यस क्षेत्र देखि ३ जना प्रदेश सदस्य छौ हामी आपसमा तालमेल गरेर यस क्षेत्रका विकासको लागि लागेका छौ । कुल १० स्थानिय तह रहेको जिल्लामा खुला दिसामुक्त घोषणा गर्ने मायादेवी गाँउपालिका चौथो स्थानिय तह हो ।

जिल्लामा अझै पनि ६ स्थानिय तह खुला दिसा मुक्त हुन सकेका छैनन । कार्यक्रममा मन्त्री राईन, प्रतिनिधीसभा सदस्य अतहर कमाल, प्रदेशसभा सदस्यहरु सहसराम यादव, बिजय बहादुर यादव, सुस्मा यादव, फौजिया नसिम, पुर्वमन्त्री दान बहादुर चौधरी, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामीछाने, वासका सरसफाई बिज्ञ चन्द्रभक्त बिष्ठ, वास जिल्ला सल्लाहकार बिपीन पौडेल लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ