म्यानमार–लुम्बिनी हवाई सम्पर्क माग

समाचार

7/8/2019

काठमाडौँ, २३ असार । गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय र महिला बैठकले म्यानमार र लुम्बिनीबीच सिधा हवाई सम्पर्कका लागि माग गरेको छ ।

म्यानमारको यांगुनमा भएको बैठकले बुद्धको जन्मस्थान लुम्बिनीप्रति म्यानमारी जनताको अगाध आस्था रहेको भन्दै दुवै देशका सरकारसँग यस्तो माग गरेको हो ।

बैठकले भ्रमण वर्ष २०२० सफल पार्न गैरआवासीय नेपालीलाई आग्रह गरेको छ । ‘साथी र छिमेकीलाई नेपाल भ्रमण गर्न आह्वान गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ ।

विदेशमा गएका नेपाली कुनै दुर्घटनामा परी घाइते भएमा देश फर्किन र मृत्यु भएमा शव फर्काउन कठिनाइ हुने भन्दै यस्तो अवस्थामा प्रयोग हुने गरी अनिवार्य बिमाको व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।

संघको आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीन र कोरियामा हुने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ