जनकपुरका मेयर भए ‘महामुर्ख’

समाचार

3/21/2019

जनकपुरधाम, ७ चैत्र । जनकपुरधाम उप–महानगरपालिकाका लालकिशोर साह यस वर्षको महामुर्ख भएका छन् । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने व्यंग्यात्मक सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनमा यस वर्ष उपमहानगरपालिकाका प्रमुख साहलाई महामुर्ख उपाधि प्रदान गरिएको हो ।

‘महामुर्ख सम्मेलन’ नाम दिएर मिथिला नाट्यकला परिषद जनकपुरले हरेक वर्ष महामुर्ख सम्मेलन आयोजनामा गर्दै आएको छ ।

यसअघि पूर्वमन्त्री रामचन्द्र झा, साहित्यकार तथा राजनीतिक विश्लेषक सिके लाल, प्राज्ञ रामभरोस कापडि, रमेशरञ्जन झा, डा. विजयकुमार सिंह, पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा, प्रदेशसभा सदस्य रामसरोज यादव, पवन सिंघानिया लगायत महामुर्ख घोषित भइसकेका छन् । यस पटक ११ जना प्रतिष्ठित व्यक्तिहरुलाई मुर्खको उपाधि पनि प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ