मोरङमा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

समाचार

1/8/2019

विराटनगर, २४ पुस । मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ ।

सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच टोलीको सहभागिता रहने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ