मोरङ, ११ चैत । मोरङमा आगलागी हुँदा तीन लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
धनपालथान गाउँपालिका–३ टिटैया बस्ने नारायणकुमार मण्डलको चिया नास्ता पसल र सोही ठाउँ बस्ने मनोज मण्डलको परालमा सोमबार बिहान आगलागी हुँदा अनटेस्ट लेखिएको मोटरसाइकल र पसल जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया