मोरङमा १५ केजी गाँजा बरामद

समाचार

3/18/2019

मोरङ, ४ चैत । रतुवामाई नगरपालिका–४ आमबारीस्थित सडकबाट लागूऔषध गाँजा करिब १५ केजी फेला पारी आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

सोही नगरपालिका–२ मियाटोल बस्ने ५० वर्षीय भभला भन्ने मेहेरोउदिन मियाले सोही नगरपालिका–४ भद्र चोक बस्ने ४५ वर्षीया शोभादेवी साह र उनका छोरा २५ वर्षीय राहुल भन्ने विक्की साहलाई उक्त लागूऔषध दिँदै गेको अवस्थामा प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीलाई देख्ना उक्त गाँजा छाडी फरार भएपश्चात प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो । फरार अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ