मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिने

समाचार

11/4/2018

महोत्तरी, १७ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताएका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नं. १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उनीहरुले भने, “चार वर्षभित्रमा मुलुकका सबै बस्ती कुनै न कुनै सडक सञ्जालले छोइसक्ने छ ।”

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठले अबको दुई वर्षभित्रै महोत्तरी बर्दिवासदेखि जनकपुर हुँदै जयनगरसम्मको ब्रोडगेज रेल सेवा सञ्चालन भइसक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ