मुलुक बचाउने जिम्मेवारी हाम्रो हो : रायमाझी

समाचार

1/8/2020

काठमाडौं, २३ पुस । पुनरुत्थानवादी शक्ति नेपालका प्रमुख नेता शेखर जंग रायमाझीले मुलुक जोगाउने जिम्मा आफूहरुको काँधमा आएको बताएका छन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकृत गरेको नेपालको अहिले खतरामा पर्दै गइरहेको टिप्पणी गरेका छन् ।

बुधबार संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले कांग्रेस र कम्युनिष्टले नेपाललाई बर्बाद गर्न लागेकोले यसको विरुद्धमा सबै सचेत नेपाली नागरिक लाग्नुपर्ने आह्वान गरेका छन् ।

उनले धर्मनिरपेक्षता, संघीय र गणतन्त्र जस्ता प्रत्युत्पादक विषयहरु राष्ट्रिय सूचीबाटै हटाउनुपर्ने माग गरेका छन् । उनले देशको हित प्रतिकूल हुने गरी लादिएको धर्म निरपेक्षता, संघीयता र गणतन्त्र जस्ता पश्चगामी विषयहरुको टुंगो लगाउन पनि संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ।

उनले अहिले नेपालको हितका लागि एकजुट नभए हाम्रा सन्ततिले हामीलाई माफ नगर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ