मलंगवामा चिनियाँ गाईकोे विरोध

समाचार

4/18/2019

मलंगवा, ५ चैत । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै यहाँको स्थानीय युवाले विरोध जनाएका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय जनजागृति युवा क्लबका अध्यक्ष सागर यादवको नेतृत्वमा जम्मा भएका युवाले चीनबाट गाई ल्याउन लागिएको विरोध जनाए ।

उनीहरूले ‘विदेशी गाई चाहिँदैन’, ‘नेपाली कृषकमाथि खेलवाड गर्न पाइँदैन’ जस्ता नारासमेत लगाएका थिए । चीनबाट गाई ल्याउन प्रदेश २, प्रदेश ३ र गण्डकी सरकारले यसअघि नै सम्झौता गरिसकेका छन् ।

चीनबाट गाई ल्याउने निर्णयको विरोधमा यसअघि पनि प्रदेश २ को अस्थायी राजधानी जनकपुरमासमेत स्थानीय युवा व्यवसायीले विरोध जनाएका थिए । चीनसँग मिलेर प्रदेश २ सरकारले कृषि परियोजना चलाउन लागेको भन्दै जनकपुर र राजबिराजमा पनि यसअघि प्रदर्शन भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ