इलाम र पाँचथर मालपोत कार्यालय नमुना घोषणा

जनमैत्री सेवा प्रवाह गर्न मन्त्री अर्यालको निर्देशन

समाचार

6/7/2019

काठमाडौं , २४ जेठ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेकी हुन् ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले अबको सेवा जनता खुसी हुने सेवा हुनुपर्ने बताईन् । जनताले सेवा लिन आउँदा कर्मचारीबाट अपमानित महसुस गर्नेखालको व्यवहार हुन नहुने भन्दै मन्त्री अर्यालले– सबैलाई समान ढंगको व्यवहार गर्नुपर्ने बताईन् ।

जनमैत्री व्यवहार, जनता खुसी हुने हिसाबले व्यवहार गरौं, सानोतिनो लोभलालच नगरौं, मन्त्री अर्यालले भनिन् – भावना, स्वाभिमानमाथि आँच आउने काम नगर्नुस। क्विक रेश्पोन्स (तत्काल रेस्पोन्स) गरिदिनुस्। नपुगेको ल्याएर आउन भन्नुस्, केही अघि अनलाइन सेवा शुरु गरेपछि यो मन्त्रीले के गर्न खोजेको भनेर बाहिरबाटै सेवाग्राहीलाई भड्काउने काम गरिएको भन्दै मन्त्री अर्यालले प्रविधिको प्रयोगले धेरै समस्या समाधान हुने बताईन् ।

मन्त्रालयसँग जोडिएका केही कार्यालयहरूप्रति जनताले प्रश्न उठाइरहेको भएको भन्दै मन्त्री अर्यालले केही कर्मचारीले गरेको बदमासीका कारण सिंगो संस्थामाथि प्रश्न उठेको बताईन् । सोही समस्यालाई समाधान गर्नका निम्ती समग्रमा सुशासन कायम गर्न मन्त्रालयले नमुना मालपोत कार्यालयको कार्यक्रम अगाडी बढाईन् ।

हाम्रा कार्यालयसँग जोडिएर आउने सुशासनमाथिको प्रश्नलाई समाधान गर्न नमुना कार्यालय बनाउने अभियान थाल्यौं। सुशासन कायम गर्ने भनेको सिस्टमबाटै हो’, मन्त्री अर्यालले भनिन् (वान डोर सिस्टम) एक ठाउँबाट कागज बुझाएपछि आधा घण्टामा सबै काम सकेर घर फर्किने वातावरण बनाउन खोजेको हो ।’

बिस्तारै पेपरलेश सिस्टममा जान खोजेको भन्दै उनले शुद्धताको सुरुआत आफुबाटै गर्नुपर्छ आफू ठिक भयो भने सबैलाई ठिक पार्न सकिन्छ भन्ने मान्यताले अगाडी बढेको उनले बताईन् । देशैभरका कार्यालयलाई नमुना बनाउने, डिजिटलाइजेसनमा लैजाने तयारीमा रहेको उनले बताईन् ।

जग्गा प्रशासनसँग जोडिएर आउने असहजता, सेवा प्रवाहसँग जोडिएर आउने प्रश्नलाई समाधान गर्दै जाने भन्दै मन्त्री अर्यालले डिजिटलमा जान धेरै झञ्झटिलो भएकाले केही समय भने लाग्ने बताईन् । त्यस्तै, इलाम मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणी दवाडीले सम्पूर्ण डकुमेन्ट स्क्यान गरेर डिजिटलाइज्ड गरिने बताए । पाँचथरमा सोमबार नमुना मालपोत कार्यालयको शुभारम्भ गरिएको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले डिजिटल सिस्टम, कार्यालयवरिपरी सुन्दरता, स्वच्छतासँगै जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । अब जनमैत्री सेवा प्रवाह गर्नुपर्छ। यो कार्यालयमा आउँदा जनता खुसी भएर जानुपर्छ ।

यो कार्यालयका नचाहिने काम हुदैन भन्ने बनाउने हो’, मन्त्री अर्यालले भनिन् । देशभर १३१ वटा मालपोत कार्यालय रहेका छन् । जसमध्ये हालसम्म ६० कार्यालयमा अनलाइन सेवा शुभारम्भ भइसकेको छ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ