काठमाडौं, १४ मंसिर । मलेसियामा सम्पन्न इन्टरनेसनल इपो फेसन विक सिजन–२ मा नेपालबाट युवा फेसन डिजाइनर तथा मोडल प्रेम देवले मिथिला कल्चरलाई मोर्डन थिम दिएर तयार पारेका पहिरन प्रदर्शन गरेका छन् ।
तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए, जसमा मिथिला कल्चरको परिष्कृत स्वरूपले राम्रै चर्चा बटुल्यो ।
देवले मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका १२ वटा पहिरन प्रदर्शन गरेका थिए । देवका अनुसार आयोजकले नेपाली फेसनको प्रशंशा गर्दै अर्को सिजनमा पनि सहभागिताका लागि प्रतिबद्धता जनाउन लगाएका थिए ।
तपाईको प्रतिक्रिया