रूपन्देही, ९ पुस । रुपन्देहीको एक मसाज सेन्टरमा आगलागी हुँदा रु. २० लाखभन्दा बढीको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित महेन्द्र बन्जाडेले संचालन गरेको डिभाईन नेचुरल स्पा मसाज सेण्टरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी भएको हो ।
आगलागीबाट मसाज सेन्टर पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया