सप्तरीमा मुस्लिम धार्मिक सभा जारी

समाचार

2/17/2020

सप्तरी, ५ फागुन । भारत बाहेकका तेस्रो मूलुकबाट पनि मुस्लिम सहभागी हुन खोजेपछि अन्तिम समयमा रोकिन खोजेको मुस्लिम धार्मिक सभा सप्तरीमा जारी छ ।

सभामा नेपाल र भारतका मुस्लिमहरुलाई मात्रै सहभागी गराइएपछि सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित खड्ग नदी किनारमा मुस्लिम धर्माम्बलीहरुको सहभागिता छ । 

धार्मिक सभामा नेपाल र भारतसहित पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो । नेपाल र भारतबाहेक अन्य देशका मुस्लिम सहभागीहरुलाई फिर्ता पठाएपछि तीन दिनसम्म सभा सञ्चालनको अनुमति दिइएको थियो । 

मुस्लिम धर्माम्बलीको धार्मिक सभामा प्रवचनको कार्यक्रम छ । यसका लागि भारतको राजधानी दिल्लीबाट जमात विश्वका अध्यक्ष हजरत मौलाना साद साहेब आएको मुस्लिम आयोगका अध्यक्ष समिम मिँयाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ