मुस्लिम धर्मावलम्बीको रमदान सुरु

समाचार

5/8/2019

काठमाडौं, २४ बैशाख । मुस्लिम धर्मावलम्बीको पवित्र पर्व एकमहिने रमदानसुरु भएको छ । रमदान सुरु भएसँगै मुस्लिम सामुदायमा उल्लास छाएको छ ।

मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बसी आत्मसंयमका लागि प्रार्थना गर्ने पर्वको रुपमा रमदान मनाउदै आएका छन ।

धर्मालम्बीले यो एक महिने अवधिमा आफैले आफ्नो परीक्षा आफैले लिन्छन्, सहिष्णुता र धैर्यताको । रोजा धर्मालम्बीहरुका लागि एउटा त्याग र समर्पण हो ।

रमदान महिनाभर महिना भए सात वर्षमाथिका सबै व्यक्ति रोजा बस्नुपर्छ। मुसलमानका पाँच महत्वपूर्ण काम मध्ये रोजा, नमाज, जकात र फित्तरामा यही महिना गर्नुपर्ने तथा तिर्नुपर्ने हुन्छ।

त्यसैले पनि धर्मालम्बीले यस महिनालाई शुभ मान्छन्। घाम उदाउनु भन्दा डेढ घण्टा अगावै सरगाही (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर सकिन्छ ।

संसारभरिका मुस्लिमहरूले रमदानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ